अनेरास्ववियुको २३ औं महाधिवेशनमा १५ सय ७३ प्रतिनिधि सहभागी हुने

काठमाडाैं | माघ २९, २०७९

अनेरास्ववियुको २३ औं महाधिवेशनमा १५ सय ७३ प्रतिनिधि सहभागी हुने

काठमाडौं:  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका  छन्।

 

अनेरास्ववियुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् फागुन २ देखि ४ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा महाधिवेशन हुने गरी सबै तयारी पुरा भएको जानकारी गराएको हो। 

 

यसका लागि संगठनका अध्यक्ष सुनिता बरालको अध्यक्षामा रहेको मुल व्यवस्थापन समिती र विभिन्न उपसमितिमार्फत् तयारीको काम अघि बढेको जनाइएको छ। 

 

महाधिवेशनमा देशभरका ७७ जिल्लाका मावि कमिटी, पालिका कमिटी र जिल्ला कमिटीको प्रतिनिधित्व हुने गरी जिल्ला तहका सम्पूर्ण कमिटी, आठ वटा विश्वविद्यालय राष्ट्रिय कमिटी, सीटीईभीटी राष्ट्रिय कमिटी र क्लब गरेर ११ वटा विश्वविद्यालयको प्रतिनिधित्व हुने जनाइएको छ।

 

यसैगरी, स्ववियु निर्वाचन हुने ४४१ वटा क्याम्पस कमिटी, विषेश प्रदेश सहित आठ वटा प्रदेश कमिटी, सात वटा भौगोलिक प्रदेश सम्पर्क कमिटी, छ वटा केन्द्रीय सम्पर्क कमिटी र केन्द्रीय कमिटीमा रहेका सम्पूर्ण सदस्य रहेको आयोजक कमिटीसहित विभिन्न कमिटीको प्रतिनिधित्व हुने गरी समावेसी र समानुपातिक हिसाबले सबै प्रतिनिधिको छनोट सर्वसहमतिले भएको छ। 

 

अनेरास्ववियुको नीति तथा विधान सन्दर्भमा असोज १ र २ गते काठमाडौंमा देशभरका ८६० प्रतिनिधिको उपस्थितिमा विधान महाधिवेशन चलेको थियो। 

 

महाधिवेशनलबाट आगामी एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित हुनेछन्। करिब सात वर्षपछि अनेरास्ववियुको महाधिवेशन सम्पन्न हुन गइरहेको हो। 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्